मिस नेपाल यूनिर्भस नग्मा मिस नेपाल यूएसको कार्यक्रम उद्घोषक तथा कोरियोग्राफर Apply Now @ www.missne


नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा यही अक्टोबर १२ तारिखका दिन हुने सातौं संस्करण प्रतियोगिता नेब्रास्कामा हुने बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ ।अमेरिकामा रहेका १९ देखी २९बर्ष उमेर समुहका नेपाली युवतीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । आवेदन खुल्ला भएकाले इच्छुकलाई सहभागिता जनाउन आग्रह गर्दछौं ।

सौन्दर्य प्रतियोगितालाई बिगतका बर्षहरु भन्दा अझै बढी प्रभावकारी र स्तरिय बनाउनका लागि हाम्रो प्रयास जारी छ । यसै सन्दर्भमा मिस नेपाल यूनिर्भस २०१७ बिजेता नग्मा श्रेष्ठ मिस नेपाल यूएसको सातौं सस्करण्का लागि अफिसियल कोरियोग्राफर तथा फाइनल चरणका लागि कार्यक्रम उदघोषक रहने सगौरव घोषणा गर्दछौं।

नग्माले सन् २०१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनि उत्कृष्ट ८ मा पुगेकी थिइन् । यस्तै उनि २०१६ मा चिनमा भएको प्रतिस्पर्धामा थर्डरनर वल्ड मिस यूनिर्भसको उपाधि समेत जितेकी थिइन् ।

यस्तै नग्माले वेष्ट टुरिजम भिडियो अवार्ड प्राप्त गरेकी छन्, भने नग्माले इजिप्टमा भएको मिस इको यूनिभर्स २०१६ मा समेत सहभागिता जनाएकी थिइन् । सन् २००९ देखी निग्मा श्रेष्ठ इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा छिन् । साथै उनि प्रतिभावान कार्यक्रम निमार्ता तथा प्रस्तोताको रुपमा चिनिन्छिन् ।

उनको सहभागिताले हाम्रो सातौं संस्करण अझै स्तरिय हुने हामीले अपेक्षा गरेका छौं । यसका लागि अन्य तयारीहरु समेत तिव्र स्तरमा भएको यहाँहरु सबैलाई जानकारी गराउँदछौं । अन्य थप जानकारी हामीले समय समयमा अपडेट गर्दै जानेछौं ।

समाचार प्रकाशन प्रशारणको अपेक्षा सहित हार्दीक धन्यवाद ।

Featured Posts
Recent Posts
  • Facebook Social Icon
  • Twitter Social Icon
  • YouTube Social  Icon