Press Release: मिस नेपाल अमेरिका २०१३ का लागि आवेदन खुला

May 1, 2013

 

विगत ३ वर्षदेखि मिस नेपाल यूएस सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको इभेन्ट प्लानेट इन्कले वर्ष २०१३ का लागि आवेदन खुला गरेको छ । आउदो अगष्ट १७ (भदौ १ गते) शनिबार न्युयोर्ककको क्विन्स थिएटरमा हुने फाइनल प्रतियोगितामा भाग लिन चाहने इच्छुक नेपाली अमेरिकन युवतिका लागि जुलाई ७ सम्म आवेदन खुला गरिएको हो । 'युवामा शसक्तिकरण नेपाललाई बढावा' मूल नारालाई आत्मसाथ गरिने प्रतियोगिताको आवेदन फारम आधिकारिक वेबसाइट www.missnepalus.com मा उपलब्ध छ । प्रतियोगिता विजेताले ५ हजार अमेरिकी डलर छात्रवृत्ति स्वरुप पाउनेछिनन भने नेपाल भ्रमणको लागि प्लेन टिकट पनि हात पार्नेछिन् । त्यसैगरि फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३ हजार र २ हजार अमेरिकी डलर छात्रवृत्ति स्वरुप पाउनेछन् । ३ मुख्य विजेता बाहेक अरु सबटाइटल पनि रहेनछन् । 

 

सन् २०११ म न्युयोर्कबाट प्रतियोगिताको थालनी भएको थियो । 18 देखि 26 वर्ष उमेरसमूहका अविवाहित युवतिले भाग लिन पाउने यस प्रतियोगिताको पहिलो संस्करणमा सुजिता बस्नेतले मुख्य ताज जितेकी थिइन् । गत अगस्टमा वासिङ्टन डिसीमा सम्पन्न दोस्रो प्रतियोगिताको ताज आस्था श्रेष्ठले चुमेकी थिइन् ।

 

यस वर्ष प्रतियोगिताको अन्तिम चरणमा बढिमा २० युवतीलाई छनौट गरिनेछ । नेपाली अमेरिकन समूदायबिच चासो र प्रतिक्षाको यस कार्यक्रमलाई अघिल्ला संस्करणभन्दा मजबुत र सशक्त बनाउन आयोजकले हदैसम्मको प्रयास गर्ने बताएको छ । सुरुवाती संस्करणमा भएका कमी कमजोरीलाई सच्याउदै र त्यसबाट पाठ सिक्दै अघि बढेका आयोजक अझ सचेतताकासाथ अघि बढ्ने प्रण गरेस्वरुप प्रतियोगितालाई झनै विस्तारित गरिएको छ ।

 

कोरियोग्राफरका रुपमा मिस नेपाल २००२ माल्भिका सुब्बाले प्रतियोगिलाई प्रशिक्षण दिनेछिन् । नेपालमा मिडिया पर्सनालिटीको छविसंगै महिला उद्यमीको छवि बनाइरहेकी माल्भिकालाई अब्बल कोरियोग्राफरका रुपमा लिइन्छ । 

विश्वचर्चित भिक्टोरिया सेक्रेटकी मोडल मैटी मार्टिन्ज ले मोडल ट्रेनरका रुपमा प्रतियोगिलाई मोडल प्रशिक्षण दिनेछिन् । विश्व चर्चित मियामी फेसन विकमा रन वे मोडलका रुपमा सहभागिता जनाइसकेकी मार्टिन्जले उस्तै क्षमता बोक्न सक्ने नेपाली अमेरिकन युवतिलाई प्रशिक्षण दिदा यसले नेपाली सौन्दर्य आकाशमा नयां आशाका किरण पक्कै छर्नेछ । नेपाली समूदायबिचको सौन्दर्य प्रतियोगितामा अन्र्तराष्ट्रिय स्तरका मोडल तथा सेलिब्रिटीले प्रशिक्षण दिन लागेको यो पहिलो अवसर हो ।

 

अन्र्तनिहित क्षमता प्रस्फूटनका लागि यूवतिबिच सबैभन्दा आकर्षक र अमूल्य प्लाटफर्मका रुपमा त यस प्रतियोगितालाई लिइन्छ नै साथै नेपाल र अमेरिका बिचको तादम्यता बढाउन पनि ठूलो भूमिका निर्वाह गरेको छ । 'नेपालजस्तो अविकसित देसबाट विश्वको सबैभन्दा विकसित देसमा गएका नागरिकलाई आप्mनो देससम्म सम्बन्ध प्रगाढ बनाउने पुलको भूमिका मिस नेपाल युएसएले गर्न सक्छ,' नेपालको सबैभन्दा बढि बिक्री हुने राष्ट्रिय दैनिक कान्तिपुरले लेखेको छ । 

 

विभिन्न दिग्गजवर्गमाझ मिस नेपाल युएसएले विछट्टै उत्साह सिर्जना गरेको छ । 'सुजिता जस्ता युवतिलाई हौसला दिनु र उजागर गर्नु आवश्यक छ,' भन्दै नेपालका राष्ट्रपति डा. रामवरण यादवले पहिलो मिस नेपाल युएसए सुजिता बस्नेतलाई नेपाल र अमेरिकाको पुल बन्ने साहस बटुलेकोमा धन्यवाद दिएका थिए । मिस नेपाल युएसए २०१२, आस्था श्रेष्ठलाई नेपाल पर्यटन बोर्डले २०१३ का लागि पर्यटन दूतका रुपमा सम्मान गरेको थियो । 

 

अमेरिका र नेपाली समूदायबाट प्राप्त हौसला र आत्मियताले आयोजकलाई कार्यक्रम अघि बढाउन ठूलो मदत पुगेको छ । अघिल्ला संस्करणमाझै यो वर्षपनि सबै तह र तप्काबाट उस्तै मजबुत सहयोगको अपेक्षा गरिएको छ । आम सञ्चारकर्मी, पत्रकार तथा विद्धेत वर्गबाट प्राप्त भइरहेको उर्जावान सहयोगले आयोजकलाई ठूलो सामथ्र्यता मिलेको छ, त्यसका लागि इभेन्ट प्लानेट इन्कले सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दछौ  । 

 

यसपटक कार्यक्रमको शिर्षक प्रायोजक भोएज टु सांग्रिला (अ शो केस अफ नेपाल) रहेको छ भने सह प्रायोजकका रुपमा नेपाल पर्यटन बोर्ड, ह्वाइट हिमाल टेलिभिजन, एलुसिड न्युयोर्क म्यागजिन, नेपाल वान वान रेडियो  र खसोखास दैनिकले साथ दिनेछन् । सबैप्रति व्यवस्थापनले हार्दिक आभार प्रकट गर्दै स्पोन्सर गर्न चाहने अन्य सबैका लागि अझै केही समय ढोका खुला राखिएको पनि जानकारी गराउन चाहन्छौ  । 

 

धन्यवाद । 


आयोजक - मिस नेपाल यूएस

Please reload

Featured Posts

Rebuilding Nepal-Miss Nepal US 2015 Project

June 7, 2016

1/1
Please reload

Recent Posts

August 11, 2019

Please reload

  • Facebook Social Icon
  • Twitter Social Icon
  • YouTube Social  Icon